मुखर्जीलाई मधेसवादी दलको गुहार- संविधानमा त्रुटि छ, सच्याउन संघर्षरत छौं


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

नेपालको संविधानमा त्रुटि रहेकाले त्यसलाई सच्याउनका लागि लामो सङ्घर्ष गर्नुपरिरहेको जानकारी भारतीय राष्ट‍्रपति प्रणव मुखर्जीलाई सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी दलका नेताहरुले गराएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका मुखर्जीलाई बिहीवार साँझ होटल ह्यातमा सामूहिक भेट गर्दै मधेसवादी दलहरुले संविधानको त्रुटि सच्याएरै छाड्ने बताएका हुन् ।

भेटका अवसरमा मधेसवादी दलका नेताहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनबारेमा मुखर्जीलाई जानकारी गराएका थिए । भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको जानकारी भारतीय राष्ट्रपतिलाई गराएको सञ्चारकर्मीलाई बताए । उनले नेपालको संविधानमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी पनि गराएको बताए ।

मुखर्जीसँगको सामूहि भेटका लागि तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु पुगेका थिए ।

गच्छदारले मुखर्जीलाई एक्लै भेटे

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा विहीबार साँझ शिष्टाचार भेट गरेका कारोबारमा खबर छ । भेटका अवसरमा राष्ट्रपति मुखर्जीको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको गच्छदारले बताए ।

‘विगतमा नेपाल र भारतबीच देखिएको चिसोपना यो भ्रमणबाट मेटिनेछन् भन्ने कुरा बताएँ,’ गच्छदारले भने । राष्ट्रपति मुखर्जीले नेपालमा देखिएको राजनीतिलगायतका सबै समस्या सहमतिका आधारमा मिलेर समाधानका लागि शुभकामना दिएका उनले बताए । सोही स्थानमा नेपाल परिवार दलका सांसद मिलन राजवंशीलगायतको टोलीले समेत राष्ट्रपति मुखर्जीसँग भेटघाट गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com