भारत पाक युद्धमा नेपालीको मृत्युपछि भोलि भारतीय दुतावास घेराउ


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

प्रचण्ड सरकारले भारतप्रति अत्यन्तै तल्लाे स्तरमा गिरेर लाचारीपना देखाएकाे भन्दैनेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीले शुक्रबार राजधानीमा विराेध प्रदर्शन गर्ने भएकाे छ ।  विप्लव नेतृत्वकाे माअाेवादीले शुक्रबार दिउसाे १२ रत्नपार्कबाट विराेध जुलुस निकालेर भारतीय दुतावास घेराउ समेत गर्ने जनाएकाे छ ।

नेपालप्रति हेपाहा प्रवृति राख्दै अाएकाे भारतसँग एउटा स्वाधीन देशकाे पहिचान देखाउनुकाे सट्टा उल्टै गुलामी गर्नतिर वर्तमान सरकार लागेकाे नेकपा (माअाेवादी)का प्रवक्ता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे नेपाल भ्रमण र त्यसका लागि सरकारले गरेकाे व्यवहार गुलामीकाे निकृष्ट नमूना भएकाे उनले बताए ।

प्रवक्ता प्रकाण्डले अर्काे देशकाे राष्ट्रपतिलार्इ अाफ्नाे देशमा भित्र्याउन सार्वजनिक विदा दिइनु, राजधानीमा सेना समेत उतारेर अघाेषित कर्फ्यू लगाइनु र जनतालार्इ ठूलाे सास्ती दिनेगरी सडक बन्द गर्ने कार्यले वर्तमान सरकारकाे दलाल प्रवृति प्रष्टिएकाे बताए । मुखर्जीकाे स्वागतमा नेपालका राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै सबैजना लुरुक्क परी एयरपाेर्टमा गएर देशकाे शिर झुकाउने काम गरेकाे उनले बताए । माअाेवादीले मुखर्जी अाउनुभन्दा एकदिन अगाडि पनि राजधानी काठमाडाैंमा विराेध प्रदर्शन गरेकाे थियाे ।

सरकारले भारतीय राष्ट्रपतिका लागि सार्वजनिक विदा दिएकाे भन्दै त्यसकाे कडा विराेध समेत माअाेवादीले गरेकाे थियाे । त्यसैगरी माअाेवादीले भारतीय सेनामा कार्यरत गाेरखा सैनिकहरु फिर्ता गर्न पनि माग गरेकाे छ । पछिल्लाे समय भारतले पाकिस्तानसँगकाे लडाइँमा गाेरखा सैनिक उतारेकाे भन्दै त्यसकाे विराेध समेत माअाेवादीले गरेकाे छ । पाकिस्तानसँगकाे लडाइँमा पछिल्लाे समय भारतीय गाेरखा सैनिक विमल तामाङकाे मृत्यु भएकाे थियाे । त्यसकाे विराेध गर्दै गाेरखा सैनिक फिर्ता गर्न पनि माअाेवादीले याे विराेध प्रदर्शन अायाेजना गरिएकाे जनाएकाे छ ।

शुक्रबार गरिने विराेध प्रदर्शन कार्यक्रममा माअाेवादीका नेताहरुले सम्वाेधन गर्ने कार्यक्रम पनि रहेकाे छ । रत्नपार्कबाट विराेध प्रदर्शन कार्यक्रम सुरु गरी लैनचाैरस्थित भारतीय दुतावास अगाडि पुगेर काेणसभा गर्ने माअाेवादीले जनाएकाे छ । उक्त कार्यक्रमलार्इ माअाेवादीका उच्च तहका नेताले सम्वाेधन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

विज्ञप्तीको पूर्णपाठ

गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट—मेंढर नजिकको लाइन अफ कन्ट्रोलमा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको भारत पाकिस्तान बिचको युद्धका क्रममा मृत्यु भएको छ । विदेशी भूमिमा भारतीय विस्तारवादको सुरक्षा गर्ने क्रममा भएको विमलको मृत्युले सबै स्वाभिमानी नेपालीलाई दुखित तुल्याएको छ । नेपालमा पहिलेदेखि नै गोर्खा भर्ति केन्द्रको खारेजीको माग गर्दै आन्दोलनहरु पनि नभएका होइनन् ।

नेपाली जनताको विरोध रहँदारहँदै पनि भारतीय शासकहरुको दलाली गर्न पल्किएका, सत्ता टिकाउन र सत्तामा जानकालागि दलाली गरिरहेका नेपाली शासकहरुले गोर्खा भर्ति केन्द्रलाई निरन्तर दिइरहेका छन् । भारतीय शासकहरुले नेपाली शासकहरुको यही कमजोरीलाई समातेर नेपालका युवाहरुलाई उक्त पल्टनमा भर्ना गर्ने, जोखमपूर्ण भारतीय सीमा क्षेत्रको सुरक्षा, द्वन्द्वग्रसित क्षेत्रमा खटाउने गरेको छ ।

अहिले भारत र पाकिस्तान बिचमा कश्मिरमा भएको युद्धमा नेपालीलाई सबैभन्दा अग्रमोर्चा खटाएको कारण विमल तामाङको मृत्यु हुन पुगेको छ । गोर्खाली सेनाप्रति भारतीय शासकहरुको गरेको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । भारतीय सेनाका भारतीय नागरिकको मृत्युमा राष्ट्रिय सम्मान सहित दाहसंस्कार गर्ने भारतीय सरकारले विमल तामाङको परिवारले आफ्नो सन्तानको शवलाई नेपाल पठाइ दिनु अनुरोध गर्दा नपठाइ जानकारी नै नगराई शव दाह गरेको थियो । भारतीय शासकहरुले नेपाली युवाहरुलाई गोर्खा भर्ति केन्द्रको नाममा बर्षौंदेखि भाडाको टट्टु बनाउने गरेको छ ।

भारतीय सेनामा नेपाली नागरिकलाई ठूलो विभेद गर्ने गरेको छ । यसरी गोर्खा भर्ति केन्द्र नेपालीको आत्मासम्मान र स्वाभिमानमा ठेस पुर्याएको छ । यसअघिको कार्गिल युद्धमा पनि दर्जनौं नेपालीको मृत्यु भएको थियो । तसर्थ हाम्रो पार्टी गोर्खा भर्ति केन्द्र तुरुन्तै बन्द गर्न, अहिले भर्ति भएका युवाहरुलाई जोखनपूर्ण स्थानमा परिचालन नगर्न, नेपाली गोर्खाहरुलाई सम्मान गर्न समान सुविधा प्रदान गर्न जोडदार माग गर्दछ ।

अबआइन्दा गोर्खा भर्ति केन्द्र बन्द गर्न पनि माग गर्दछौं । अन्यथा देशभक्त नेपाली जनता सशक्त आन्दोलन गर्न बाध्य हुने छन् । त्यसको नेतृत्व हाम्रो पार्टीले गर्ने छ । ज्यान गुमाएका विमल तामाङ लगायत भारतीय गोर्खामा भर्ति भई जोखिमपूर्ण क्षेत्रबाट तुरन्त फिर्ता गर्न माग गर्दै यही कार्तिक १९ गते शुक्रबार १२ बजे शान्तिबाटिकाबाट विरोध प्रदर्शनको आयोजना गरिएको छ । उक्त प्रदर्शनीमा सबै देशभक्त शक्तिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com