चुनाव रद्ध गर्न ट्रम्पको सुझाव


प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार

अमेरिकी राष्ट्रपतिको चुनावका एक प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतिका लागि हुन गइरहेको चुनाव रद्ध गर्नुपर्ने बताएका छन् ।

उनले डेमोक्रेटिक पार्टीको एकतर्फी प्रचारबाजी भैरहेको र आफुलाई भोट माग्न जाँदा टेक्सासमा प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार आफ्नो चुनावी र्‍यालीमा ट्रम्पले नतिजा आफ्नो पक्षमा रहेकाले चुनाव गरिरहन नपर्ने दाबी गरेका हुन्।
‘चुनाव नगरौं, मलाई विजयी घोषित गरौं,’ उनले भने, ‘मलाई लाग्छ, चुनाव मेरो पक्षमा छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com