अबदेखि स्वास्थ्य चौकीमै मृगौला परीक्षण


प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार

मृगौलामा खराबी छ छैन भन्ने कुरामा ढुक्क हुन अब सहरका सुविधासम्पन्न अस्पताल धाइरहनु नपर्ने भएको छ । मृगौला परीक्षण गराउने व्यवस्था अबदेखि स्थानीय स्वास्थ्य संस्थामै हुने भएको छ । मृगौला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टीक किट’ मनाङ्गबाहेकका सबै जिल्लामा पठाइसकिएकाले स्थानीयतहमै परीक्षण सम्भव हुने भएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभरी पहिलो चरणमा २० लाखजनाको मृगौला परीक्षण गर्न पुग्नेगरी किट पठाइएको जनाएको छ । महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीले मनाङ्गमा बाटोको समस्याका कारण केही दिनपछि किट पुग्ने बताए । अरु सबै जिल्लामा किट पठाइसकिएको उनले जानकारी दिए ।

चार महिना अघि नै किट पठाउने भनिएपनि कार्यान्वयन नभइरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सबै जिल्लामा मृगौला परीक्षण गर्न सकिने व्यवस्था हुन लागेको हो । मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई केही दिनमा स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाइने भएको छ ।

यसरी पत्ता लाग्छ मृगौलाको समस्या

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वरिष्ठ मृगौलारोग विशेषज्ञ डा. बिष्णु पहारीका अनुसार उक्त ‘डिपिस्टिक किट’ को जाँचबाट सुरुको अवस्थामा पिसावमा प्रोटिनको मात्रा लिक भएको छ कि छैन भन्ने पत्ता लगाइन्छ ।

२० मिलिलिटर जति पिसावले किट भिजाएपछि देखिने किटको रङ्गका आधारमा मृगौलाको अवस्था थाहा हुने मृगौलारोग बिशेषज्ञ डा. पहाडीले बताए । उनका अनुसार मृगौला ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण देखिँदैन । ‘९० प्रतिशत मृगौला खराब भए पहिलेकै अवस्थामा आउन गाह्रो हुने भएकाले रोग लाग्नु अगावै मृगौलाको अवस्था पत्ता लगाउन उक्त किटले महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ’, उनले भने ।

उक्त जाँचपछि चिकित्सकद्धारा परीक्षणमा कुनै समस्या नभएको देखिएमा एक वर्षपछि फेरि परीक्षण गर्न आउन सूचित गरिने छ । त्यो बेला समस्या देखिएमा थप उपचारका लागि स्थानीय चिकित्सकले सुझाव दिनेछन् । सरकारले ल्याएको नयाँ सेवालाई उपयोग गरी आफ्नो मृगौलाबारे थाहा पाइराख्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको कारोबारमा खबर छ । मन्त्रालयले यसै वर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मीसहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परीक्षण गर्ने तयारी समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com