घुस लिदालिदै विद्यूत प्राधिकरण इन्जिनियर र सुपरभाइजरसहित ३ पक्राउ


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूससहित पक्राउ परेका छन् ।

सुपरभाइजर बिक्रान्त शुक्लासहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com