सलुजाको सफलता : ‘आफूलाई कहिले कमजोर नठान्दा सफल भएँ’


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

 

अमेरिकामा झण्डै १९ बर्ष बिताएर नेपाल फर्केपछि सफ्टवेयर कम्पनीमा सिईओ सलुजा आचार्यले आफूलाई कहिले महिला र कमजोर नठान्नु नै आफ्नो सफलताको शुत्र भएको बताएकी छिन् ।

एबीसी टेलिभिजनको कार्यक्रम टक अफ द टाउनमा पत्रकार किशोर पन्थीसँग कुरा गर्दै सलुजाले भनिन् -‘कहिले पनि मैले आफूलाई महिला भएका कारण कामको दौरान इन्फेरियर महसुस गरिन । म बराबर छु, म यो काम गर्न सक्छु भन्ने अठोटका साथ अगाडि बढें ।’

आफूमा कन्फिडेन्ट भएमा त्यो नै पहिचान बन्ने सलुजाको अनुभव छ । नेपालमै केही गर्न सकिन्छ भन्ने सोंचका साथ अमेरिकाबाट नेपाल फर्केकी सलुजा आचार्य अहिले नेपालमा आभियान्ते सोलुसन नामको सफ्टवेयर कम्पनीमा सीईओ हुन् । उनको माताहतमा ६० जना कर्मचारीहरु कार्यरत छन् ।

१९ बर्ष अमेरिका बसाइका क्रममा उहाँले झण्डै १५ बर्ष अमेरिकाको चर्चित हेल्थ इन्सुरेन्स कम्पनी ब्लुक्रश ब्लुशिल्डमा काम गरिन् । बार्षिक १ लाख ३५ हजार डलर तलब हुने जागिर छाडेर नेपाल फर्केकी सलुजाले अमेरिकामा पढ्न जाने विद्यार्थीहरुलाई केही टिप्सहरु दिएकी छिन् भने पढ्न पठाउने अभिभावकहरुलाई केही सुझावहरु दिएकी छिन् ।

विदेशमा गएर नेपालीहरुले ज्ञान र सिप सिकेर नेपाल फर्केर पनि उपयोग गर्न सक्छन् भन्ने कुराको प्रमाण बनेकी सलुजाले विदेशमा सिकेको सिप र ज्ञान नेपालमा फर्केर उपयोग गर्नका लागि भावनाले मात्र काम नगर्ने बरु उपयुक्त योजना आवश्यक हुने बताएकी छिन् ।

सलुजासँगको कुराकानीको सम्पूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com