लोकमानले यसरी दुरुपयोग गरे प्रहरी


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन । तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो। प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो । निजामति पन्छिन थाले ।

कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे । निजामतिको कार्यशैलीबारे जानकार उनी प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए । जतिखेर आदेश आयो उत्तिनै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा । कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् । जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए । उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो ।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए । कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए । उनको यही शैलीले छोटो समयमै कार्कीका भित्रिया समूहका सदस्य भएका कान्तिपुरमा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारी समेत लुक्दैनथ्यो । अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका कर्मचारी उनको भरमा थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com