उपयुक्त समयमा उपयु्क्त निर्णय-कांग्रेस 


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगबारे उपयुक्त समयमा उपयुक्त निर्णय लिइने बताएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले लोकमान प्रकरणमा निर्णय गर्न कांग्रेसले हतार नगर्ने बताएका हुन् ।

बैठकपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बडुले अहिले निर्णय गर्दा लोकमानमाथिको अभियोजन प्रक्रिया नै प्रभावित हुने हुँदा उपयुक्त समयमा उपयुक्त निर्णय लिइने बताए । महाअभियोग प्रस्ताव समितिको अध्यन प्रतिवेदन आइसकेपछि मात्र कांग्रेसले आफ्नो निर्णय दिने पनि उनको भनाइ थियो ।

कांग्रेस बैकठमा आफ्नो दललाई थाहा नदिइकन प्रस्ताव ल्याएको र सत्ता गठबन्धन टुटाउन खोजेको, जस लोकमानलाई हटाउने जस एमाले र माओवादीले मात्र लिने देखिएपछि यी दुई दललाई पनि गलाउने, लत्र्याउने, भारतलाई खुशी पार्ने पक्षमा देउवा छन् । किनकी लोकमानलाई बनाउँदा भारतले प्रत्यक्ष सहयोग गरेको थियो ।

कांग्रेसले चुनावलाई मध्यनजर गर्दै ७५ जिल्लामा केन्द्रिय सदस्य पठाउने निर्णय पनि गरेको छ । संविधान संसोधनका लागि ढिला भैरहेको बताउँदै कांग्रेसले स्थानीय तह र संघीयताको कुरामा निर्णय गर्न ढिलाइ गर्न नहुने पनि बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com