संघाई प्रकरणमा योजनाकारलाई धरौटी, सहयोगीलाई जेल


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

औषधि बनाउने आवरणमा नेपाल भित्र्याएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाई धरौटीमा मुक्त भएका छन्। सोही प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल पठाएको छ।

कोल्ड ट्याब्लेट बनाउन २०७० देखि २०७३ सम्म नेपाल आयात गरेको १ अर्ब ९१ करोड बराबरको २ हजार २ सय किलो स्युडोइफ्रिडिन लागूऔषध बनाउन तस्करी गरेको आरोपमा प्रहरीले संघाई समूहका प्रमुख पवनसहित नौ जनामाथि अनुसन्धान गरेको थियो। अनुसन्धानमा संघाई दाजुभाई पवन र रतन मुख्य योजनाकार देखिएका थिए।

सोमबार थुनछेकको बहस सकिएपछि जिल्ला अदालत ललितपुरले रतनलाललाई १२ लाख धरौटीमा छाड्ने आदेश दियो भने उनीसँगै पक्राउ परेका स्युडोइफ्रिडिन व्यवस्थापन गर्ने दिलिप पंडित, मोहित हलान,बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङलाई भने अर्को आदेश नगरेसम्म कारागारमै राख्न आदेश दिएको कान्तिपुरमा खबर छ । पवन लगायतका ४ जना भने फरार छन् ।

‘रतनलालको नाममा धरौटी निस्किएको छ भने अन्य ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ,’ ललितपुरका श्रेस्तेदार बाबुराम दाहालले भने, ‘रतनलाई बारा प्रहरीले उपस्थित गराउनु भनेकाले उता पठाउँदै छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लागूऔषध नियन्त्रण ब्युरोले साउन १२ मा पण्डितलाई पक्राउ गरी अनुसन्धान गर्दा ललितपुरको प्लाष्टिक गोदाममा ४ सय ७२ किलो स्युडोइफ्रिडिन लुकाएको फेला पारेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com