मैदान खोज्दै पोखरा पुगे धुर्मुस


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

सामाजिक कार्यमा सक्रिय कलाकार धुर्मुस सिताराम कट्टेल अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगेका छन् । कट्टेल उपयुुक्त क्रिकेट मैदानका लागि आवश्यक जग्गा हेर्न शनिबार पोखरा पुगेका हुन्।

उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जा लगायतका ठाउँको अबोलकन गरेका छन्।

अवलोकनपछि छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले विभिन्न ठाउँमा जग्गा हेर्ने काम भैरहेको छ। उपयुक्त भौगोलिक वातावरण सहितको स्थानलाई बिज्ञको सल्लाह लिएर क्रिकेट मैदान निर्माण गर्छौँ।’

जग्गा हेरिसकेपछि रंगशाला कहाँ निर्माण गर्ने भन्ने पछि छलफलबाट तय गर्ने उनी बताउँछन् ।
यसअघि उनी सोहि कामका लागि काठमाडौँ, भक्तपुर, बुटवल लगायतका जिल्लामा पुगिसकेका छन् ।

नेपाली क्रिकेट टोलीले प्राप्त गर्दै आएको सफलताले ऊर्जा मिलेको भन्दै उनले केही दिनपहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए। रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com