धनगढीमा ४ पार्टीको प्रदर्शनीमा प्रहरीको लाठीचार्ज, १६ जना घाईते


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

जनआन्दोलन दिवसको अवसर पारेर कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।

 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले शनिबार धनगढीको ट्राफिक चौराहामा संयुक्त रुपमा प्रर्दशन गरेका हुन् । प्रदर्शनीका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।

संयुक्त जनआन्दोलन संयोजन समितिले २०४६ साल चैत २४ गते आन्दोलन सुरु गरेको थियो ।नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com