जहाँ हाकिमको जानकारी विना गर्भाधारण गर्न पाइँदैन
प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार
चैत २४, भलै सन्तान पैदा गर्नु भनेको महिलाहरुको हकको कुरा हो । तर जापानमा चाहिँ कुनै पनि महिलाले गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनुपर्दछ, अन्यथा अपमान झेल्नुपर्दछ ।
समाचारअनुसार जापानको एक कम्पनीले आफ्नो एकजना महिला कर्मचारीलाई विना जानकारी गर्भवती भएको भन्दै प्रताडित तथा अपमानित गरेको खुलासा भएको छ । साथै कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न आदेश दिएको छ ।
कम्पनीको आदेशलाई पालना गरी पालैपालो गर्भाधारण गर्ने हो भने ती महिला कर्मचारीमध्ये एक जनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ । कम्पनीमा महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि आफ्नो हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानूनजस्तै बनेको बताइन्छ ।
बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा पनि हाकिमलाई जानकारी ग्राउनु पर्दछ ।
एजेन्सी






