छिट्टै ४० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउने : धुर्मुस


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

चैत २४, भैरहवा । कलाकार तथा समाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले छोटो अवधिमै अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बनाउने बताएका छन् । भैरहवामा रहेकोे सिद्धार्थ रंगशालामा ब्यटिङ्ग गर्दै उनले अब नेपालीले छिटै अन्तर्राष्ट्रिय मापदण्डको पिचमा खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

सिद्धार्थ रंगशाला अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्माणको प्रक्रिया लामो र सोचेर गर्नुपर्ने भए पनि निर्माणअवधि भने छोटो हुने बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउन अध्ययन अवलोकनका क्रममा रुपन्देही आएको धुर्मुसको टोलीले सैनामैना र भैरहवाको क्रिकेट रंगशाला अवलोकन गरे । उनले नेपालले पछिल्लो समय क्रिकेटमा नेपालले फड्को मारेकाले क्रिकेटर र सरकारलाई सघाउन यो अभियानमा लागेको बताए ।

उनले अहिलेसम्म अवलोकन गरेकामध्ये भैरहवाको रंगशाला उत्कृष्ट रहेको बताए । तापनि आफूहरुले लिएको लक्ष्य ४० हजार दर्शक क्षमता, सुरक्षा जस्ता सबै कुरा हेरेर रंगशाला छनोट गरिने उनले बताए ।

रंगशाला अवलोकनका क्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, सचिव सञ्जय गुरुङ्ग, सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा अधिकारी लगायतले स्वागत गर्दै सिद्धार्थ रंगशालाको बारेमा जानकारी गराएका थिए ।

धुर्मुसको टोलीमा कलाकार मनोज गजुरेल, कुमार कट्टेल ९जिग्री०, अर्जुन घिमिरे ९पाँडे०, इन्जिनियर रवि भुषण झा र अर्जुन घरेलसमेत भैरहवा आएका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com