दर्जनौँ लघु जलविद्युत आयोजना अलपत्र अवस्थामा


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

चैत २३, कालीकोट । जिल्लामा संचालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत आयोजना अलपत्र परेका छन्। जिल्लाका झण्डै २० मेगावाट उत्पादन हुन सक्ने लघु जलविद्युत आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मत सम्भारको अभावलगायतका कारण अलपत्र परेका हुन्। जिल्लाको तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघु जलविद्युत आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघु विद्युत आयोजना विद्युत बलेर मर्मत सम्भारको अभावमा बन्द भएका छन् भने ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत आयोजना, ३० किलोवाटको वालिगाड खोला लघु जलविद्युत आयोजनालगायतका दर्जनौँ आयोजना रकम अभावका कारण अलपत्र अवस्थामा रहेका छन्। कालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना ९१८ किवा०, थिर्पुगाड जलविद्युत आयोजना ९२० किवा०, साना माइक्रो हाइड्रो ९१५ किवा०, नरहरिनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो ९३० किवा० आयोजनाहरू काम अगाडि बढेको भए पनि रकम अभावका कारण आयोजनाको काम सुरु हुन सकेको छैन। जिल्ला सदरमुकामलगायतका केही नगरपालिका र गाउँपालिकामा विद्युत सेवा दिँदै आएका ५०० किलोवाटका आयोजना संचालनमा रहेका र महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट उत्पादन क्षमता भएको भ्याकुनेगाड जलविद्युत आयोजना मात्र संचालनमा रहेका छन्। जिल्लामा जलविद्युतका आयोजना दर्जनौँ भए पनि कयौँ मर्मत संम्भार, रकम अभावलगायतका कारणले बन्द हुन पुगेका र कुनै आयोजना रकम अभावका कारणले ढिला भइरहेको तिलागुफा नगरपालिकामा प्रमुख रतनबहादुर शाहीले बताए। उनले भने, कुनै मर्मत सम्भार, कुनै आयोजना रकम अभावका कारणले बन्न सकेका छैनन्। हामी आयोजना निर्माणको पहल गरिरहेका छौँ। त्यस्तै, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघु जलविद्युत आयोजना, ५० किलोवाट क्षमता भएको कालिका गाउँपालिकाको भर्तागाड लघु जलविद्युत आयोजना भर्ता, तिलागुफा नगरपालिकाको १०० किलोवाट क्षमता भएको बच्चुगाड लघु जलविद्युत आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघु जलविद्युत आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालिगाड लघु जलविद्युत आयोजना सुकाटिया निर्माणको काम थालिएको भए पनि रकम अभावका कारण निर्माण कार्य ढिलाइ भएको कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए। उनले भने, कयौँ आयोजनाहरूको निर्माण कार्य थालिएको छ, रकम अभावका कारण ती आयोजना बन्न सकेका छैनन्।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com