आगोले टहरो जलेपछि वृद्धाको विचल्ली


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

सर्मिला बुढाथोकी

ओत लाग्ने टहरो आगोले खरानी भए पछि ८२ वर्षीया मसिनी सापकोटा पाण्डेको विचल्ली भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ गौतम टोलकी मसिनीको टहरो आगलागीबाट नष्ट हुँदा उनको विचल्ली भएको हो ।

                                             मसिनी आगलागीबाट डढेका भाँडावर्तनसँग ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीबाट भएको जायजेथा सबै नष्ट भए पछि आफूलाई बस्न र खान समेत समस्या भएको मसिनीले दुखेसो पोखिन् । विनासकारी भूकम्पले घर भत्किए पछि नेपाली सेनाले बनाइदिएको टहरोमा बस्दै आएकी एकल महिला मसिनीको टहरोमा बिहीवार बिहान आगलागी भएको हो ।

मसिनीले श्रीमान अमृत पाण्डेको केहि वर्ष अघि नै मृत्यु भइसकेको र छोराछोरी पनि नभएको बताइन् । आगलागीबाट ३५/३६ तोला चाँदी, ५ तोला सुन, लताकपडा समेत गरेर झण्डै ५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

बृद्धाले खाना पकाउन बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । मसिनीलाई नेपाल रेडक्रस सोसाईटी दोलखाले केहि कपडा र अत्यावश्यक सामान रहेको फेमेली किड दिएको सभापति गोकर्णप्रसाद पोखरेलले बताए ।

Mahila Khabar

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com