पर्यटक बोक्ने गाडीमा ‘साडी–कुर्ता’ तस्करी, नागढुंगाबाट ३० लाखको कपडा बरामद


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

राजेश भण्डारी

भारतको नयाँदिल्लीबाट नेपालगञ्ज हुँदै काठमाडौं आएको पर्यटक बोक्ने गाडीमा ३० लाख मूल्य बराबरको भन्सार छलेको साडी र कुर्ता फेला परेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले विशेष सूचनाका आधारमा ठुलो परिणाममा भन्सार छलेर ल्याएको कुर्ता र साडी बरामद गरिएको जानकारी दिएका छन् ।

बुधवार मध्यान्ह ३ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशव भट्ट कमाण्डको प्रहरी टोलीले ना. ६ ख. ६३०२ नम्बरको गाडी सहित अवैध कपडा नियन्त्रणमा लिएको थियो ।

कालो नम्बर प्लेटको गाडीमा पर्यटक लेखेर विभीन्न साईजका फल्स बटनमा लुकाएर काठमाडौं आएको साडी–कुर्ता र गाडीलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पठाईने एसएसपी पोखरेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिलायन्स लोटस फाइनान्सको लगानी रहेको उक्त गाडीको स्वामित्व माधव गौतम हुँदै ‘मिलन’ भन्ने रमेश खड्काको नाममा नामसारी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उक्त गाडीका चालक नियन्त्रणमा लिएपनी गाडी धनी रमेश खड्का भने भाग्न सफल भएका छन् । चालकको प्रराम्भिक बयानमा गाडी धनी रमेश खड्का ‘प्रहरी मिलाउँछु’ भन्दै नागढुंगा भन्दा केही मिटर अगाडी ओर्लिएका थिए ।

नेपालगञ्जबाट आफैं गाडी हाँकेर आएका खड्का गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि सम्पर्क विहीन भएको र उनको खोजी कार्य जारी रहेको काठमाडौं प्रहरीले जनाएकोे छ ।

भारतको नयाँ दिल्लीबाट चैत्र २० गते काठमाडौंका लागी छुटेको उक्त गाडीले प्रहरी र भन्सारका कर्मचारीलाई झुक्याउनका लागी कालो प्लेटको सार्वजनिक सवारीलाई पर्यटक प्रिन्ट गरेको बताइएको छ । लामो समयदेखि तस्करीकै लागि प्रयोग हुने उक्त गाडीमा जम्मा १५ जना यात्रु काठमाडौं आएका थिए ।

Source : Ratopati

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com