मित्रनगरबाट नगदसहित जुवाडे पक्राउ


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

चैत २२, काठमाडौं । प्रहरीले काठमाडौं मित्रनगरबाट जुवाडे पक्राउ गरेको छ । बुधबार काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट ३ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २०१ नं। को कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबाट खटिएको प्रहरीले सिन्धुली कमलामाई नगरपालिका घर भर्इ मित्रनगर बस्ने गेस्ट हाउस सञ्चालक प्रेम बहादुर माझी, दोलखा जिरी घर भई माछापोखरी बस्ने पेम्बा शेर्पा र गुल्मी चारपाला गाउँपालिका ३ घर भई मित्रनगर बस्ने लक्ष्मण पौडेललाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट नेपाली ५१,६००, साउदी रियल २८५, भा।रु ३००, र यु।एस। १ डलर बरामद गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com