गीत धेरै सुनियो हेर्दा त दरबार नै रहेनछः भवन भट्ट


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

हेमन्त काफ्ले

‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कति मा राम्रो दरबार….’ भन्ने गीत कुनै जमानाको निकै चल्तीको गीत हो।  पूर्बेली भाकाको यो गीत यति चल्तीमा थियो कि सिन्धुलीबासीको पहिचान जोडिएको थियो। कति नि राम्रो दरबार भन्ने गीत चलनचल्तीमा हुँदै गर्दा गढीमाई दरबार भने भग्नावशेषमा परिणत भइसकेको रहेछ।

विरताको गाथा बोकेको यो गढी इतिहासमा कहलिए पनि वर्तमानमा भने नाममा मात्र सिमित बनिसकेको थियो। तर यतिखेर गैर आवासीय नेपाली संघले यसको पुर्ननिमार्णका खाका कोरेपछि सिन्धुलीयनहरू यस कार्यमा लागिपरेका छन्।

अंग्रेजलाई यही गढीबाट हाम्रा पुर्खाले लखेटेको कारण पनि मुलुकले विरताको गौरवमय इतिहास लेख्न पाएको हो। सिन्धुलीगढी चढेर नेपाल छिर्ने दाउ गरेका फिरंगीलाई त्यतैबाट तिरंगासहित लेखेटेको ठाउँ यतिखेर राज्यको समेत ध्यान नपुग्दा बिरानो बनेको रहेछ।

हाम्रा केही साथी त्यसमाथि पनि  कार्य समितिका सचिव डीबी क्षेत्रीले यसमा पहल गरेपछि एनआरएन यस अभियानमा लागि परेको छ। हामीले सिन्धुलीगढीको गुरूयोजना तयार पारी सकेका छौं केही दिनमै सिन्धुली नगरपालिकालाई हस्तान्तरण गरेर यसमा कसरी अगाडि बढन सकिन्छ भन्ने विषयमा अगाडि बढ्ने छौं, गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भट्टले इतिहाँसदेखि वर्तमानसम्मका मुलुकका धरोहर बनाउने काममा एनआरएन लागि परेको बताउदै अहिले एनआरएन आफ्नै योजनाहरु लाप्राक र भवन अनि संखमुल पार्क टुंगाउने अभियानमा रहेको बताए। एनआरएन अस्ट्रेलियाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भट्टले भने, ‘यी बाहेक मुग्लिन नारायणघाट सडक खन्डमा रोड सेफ्टीको योजनामा समेत एनआरएन लागि परेको छ। हामी त्यस खन्डमा रहेका केही डेन्जर जोनहरुमा सेफ्टी वालसहित चालकलाई सचेत गराउने साइड बनाउने छौ।’

प्रवासमा रहेका लाखौं नेपालीको माया र विश्वासनै एनआरएनको हौसला रहेको भन्दै भट्टले दिगो सरकार र लचिलो वातावरणमा लगानीको सुरक्षा हुने हुँदा यतिखेर प्रवासी नेपालीहरुले सोच्ने समय आएको सुनाए।

राज्यले समेत एनआरएनलाई  विश्वासिलो साझेदारका रुपमा सम्मान गरेको बताउँदै भट्टले पहिलो पटक एनआरएनको अध्यक्ष प्रधानमन्त्रीको भारत     भ्रमणमा औपचारिक रुपमा सहभागि हुन लागेको बताए।

‘हामीलाई सरकारले पहिलो पटक आधिकारिक रुपमा प्रधानमन्त्रीको भ्रमणमा समेटेको छ,यो एनआरएनको लागि निकै महत्वको बिषय हो’, भट्टले भने।

अस्ट्रेलियाका एनआरएन अभियन्ताको बाक्लो सहभागिता रहेको कार्यक्रममा ओसेनियाका संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्षहरू मन केसी, ध्रुब सुबेदी, गोवा कटुवाल,गणेश केसी, संरक्षक इन्द्रा वन लगायतले एनआरएनका आगामी योजनाका बिषयमा मन्तब्य राखेका थिए।

एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव देब गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रममा एनआरन अस्ट्रेलियाद्धारा प्रकाशित बुलेटीनको  प्रथम अंकको शिलन्यास समेत गरिएको थियो। एनआरएनएका प्रवक्ता डिला खरेल र सदस्य सुरेश रेग्मीले बुलेटिनबारे प्रष्ट पारेका थिए।

Source : Setopati

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com