सभामुख कृष्णबहादुर महरा र स्वीट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेटर्वार्ता
प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार
चैत २१, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नु भएको छ । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदुत एलिजाबेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन, दुवै देशका संसदबीच फ्रेन्डसीप गु्रप स्थापना गर्नेबारे पहल बढाउनु पर्ने बताउनु भएको छ । भेटघाटमा राजदुत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामुख महराले लामो समय विद्रोहलाई शान्ति प्रकृयामार्फत टुंगोमा पु(याइ देशको समृद्धिमा लागिरहेको बताउनु भयो । शान्ति प्रकृयाका धेरै कायम पुरा भएको र सबै तहको निर्वाचन भएर मुलुक समृद्धितिर अग्रसर भएको बताउनुभयो ।
नेपालको शान्तिप्रकृयाको क्रमममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरको भन्दै सभामुख महराले धन्यवाद व्यक्त गर्नुभएको थियो । सभामुखसंगको भेटमा राजदुत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।