बाइक चलाउनेको हेलमेट खोल्दा ४० लाख भेटेपछि दुई जना पक्राउ


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

चैत २१, वीरगञ्ज । प्रहरीले ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले भारत विहार घर भएका २२ वर्षीय गुड्डुकुमार र वीरगञ्ज १६ ईनर्वाका सन्तोष कुमार जयसवलाई पक्राउ गरेको हो ।

हेलमेट र पिडौंलामा लुकाएर ना५४ प १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुड्डुको खुट्टाको पिडौंलामा ईलाष्टिकले बाँधेर एक हजारका ६०० थान ९प्रत्येक खुट्टामा ३ ३ गडी० र हेल्मेटभित्र एक हजारका हजार थान अर्थात १० गड्डी लुकाएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा भारतीय नागरिक सन्तोष कुमार साहले वीरगञ्जक सन्तोष कुमार जयसवाललाई दिने पठाएको रकम भएको खुलेको छ । तर ठूलो परीमाणको नगद बरामद भएकाले स्रोत नखुलेको कारण प्रहरीले सन्तोषलाई पनि पक्राउ गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com