मेयरले गाडी किन्ने ६० लाख बजेटले बनाए सडक


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

चैत २१, मंगलसेन । जनप्रतिधिलाई आफ्नो मात्र सेवा सुविधाका बारेमा चिन्ता र चासो रहेका समाचार आइरहेका बेला अछामका एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन् ।

गाडी खरिदका लागि बिनियोजन गरेको बजेट सडकको स्तरोन्नतिमा खर्च गर्ने निर्णय गरेर कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले सबैको वाहवाही पाएका छन्।

नगर परिषद्ले मेयर उपमेयरको गाडी खरिदका लागि बिनियोजन गरेको ६० लाख बजेट गाडी नकिनेर सडकको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरेको मेयर बिष्टले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गले छोएको गैरीटाँडदेखि कमलबजारसम्मको करिब साढे आठ किलोमिटर सडकलाई दोहोरो गाडी चल्न बनाउनका लागि उक्त बजेट खर्च गरिने बिष्टले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ुहामीले आफ्नो सुविधाभन्दा गाउँको विकासका लागि चुनाव जितेका हौँु बिष्टले भने, ुगाडीभन्दा सडक स्तरोन्नती गर्नु पहिलो आवश्यकता ठानेर यस्तो निर्णय गरेको हुँ।

६० लाख बजेटमध्ये ४० लाख सडक चौडा र बाँकी २० लाख अतिआवश्यक ठाउँमा ग्राभेल गर्नका लागि खर्च गरिने मेयर बिष्टले जानकारी दिए। नगरक्षेका मुख्य सडकमा बाह्रै महिना गाडी गुड्न बनाउने पहिलो योजना रहेको बिष्टले बताए।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com