मन्त्रालयका उपसचिबद्धारा सरकारी क्वाटरमै आत्महत्या


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

प्रदेश नम्बर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव विष्णुहरि आचार्य मृत अबस्थामा फेला परेका छन् । विगत केहि समयदेखि डिप्रेसनबाट पीडित आचार्यले भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेका हुन् ।

उनी बस्दै आएको क्वाटरमा पंखा झुण्डाउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो ।

चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य करिब २ सातादेखि भैरहवामा बस्न थालेका थिए ।
मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा गएका आचार्य एक्लै कोठामा बसेको र संगै बस्ने साथिहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए । घटनाको खबर पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले मृतक आचार्यलाई पोष्टमार्टमका लागि राति नै भैरहवास्थित भिम अस्पतालमा लगेको थियो ।
उनको आत्महत्याको कारण भने खुलिसकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com