हजुरबुबाले गरे नातिनी बलात्कार


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

रुजु खतिवडा-

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नम्वर ६ मा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएकी छिन् । १२ वर्षीया नातिनीलाई पटक–पटक बलात्कार गर्ने ५८ वर्षीय हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा बैदेशिक रोजगारमा गएको र आमाले दोस्रो विवाह गरेर बालिकालाई छोडेर गएपछि उनी हजुबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । हजुरबुबाले नातिनीलाई पुस १ गतेदेखि पटक–पटक बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

हजुरबुबाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिने गरेको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छन् । उनलाई चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको छ भने बलात्कार गर्ने हजुरबुबालाई मंगलवार नै पाँचथर जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको उपरीक्षक गौतमले जानकारी दिए ।

यसै आर्थिक वर्षको चैत्र सम्ममा पाँचथरमा १० वटा जबरजस्ती करणी र २ वटा बाल यौन दुराचारका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७३÷०७४ मा जबरजस्ती करणीका ११, जबरजस्ती करणी उद्योगका ५ र बाल यौन दुराचारका २ वटा घटना भएका थिए । आर्थिक वर्ष ०७२÷०७३ मा जबरजस्ती करणीका ८,करणी उद्योगका ५ र बाल यौन दुराचारका १ वटा घटना घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com