‘पीएसअाे’बाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने भट्टराईको घोषणा


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसअाे)बाहेक अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने घाेषणा गरेका छन्।

केही दिनअघि मात्र गृहमन्त्री रामबहादुर थापालाई भेटेर आफूलाई उपलब्ध गराएका सबै सुरक्षाकर्मी फिर्ता बोलाउन आग्रह गरेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।

‘दस दिनअघि गृहमन्त्री र सुरक्षा निकायका प्रमुखलाई भेटेर उहाँले आफ्नो सुरक्षामा खटिएका व्यक्तिगत एक सुरक्षाकर्मी बाहेक सबै फिर्ता बोलाउन आग्रह गर्नुभएको हो’,उनले भने।

त्यसैअनुरुप भट्टराईको सुरक्षामा खटिएकाहरू फिर्ता हुन लागेको पाण्डेले थाहाखबरलाई बताए। ‘उहाँले अन्य विशिष्ट व्यक्तिहरुलाई पनि आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गर्नुभएको छ’, उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com