एनआरएनए मिडिया तथा प्रकाशन समिति सदस्यको चयन


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

गैरआवासीय नेपाली संघ एनआरएनएको मिडिया तथा प्रकाशन समितिमा थप पाँच जना सदस्य मनोनित गरिएको छ।

समितिको गत १८ मार्चमा सम्पन्न बैठकले संघको मिडिया तथा प्रकाशन समितिको सदस्यमा किरण मरहट्टा (अमेरिका), पिताम्वर भट्टराई (क्यानाडा), महेन्द्र पौडेल (युरोप), कृष्ण तिवारी (अस्ट्रेलिया) लाई मनोनयन गरेको हो। यस्तै सो समितिमा नेपाल पत्रकार महासंघको वैदेशिक शाखाको सबै अध्यक्ष पदेन सदस्य रहने निर्णय समेत गरिएको छ।

बैठकमा नेपाल पत्रकार महासंघको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा इ–लाईब्रेरी स्थापनाको लागि प्रकृया अगाडि बढाइसकिएको जानकारी गराउँदै समितिका संयोजक एवं एनआरएनए प्रवक्ता भुषण घिमिरेले सो बारेको पछिल्लो कार्य प्रगति विवरण प्रस्तुत गरे।

प्रवासमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै गैरआवासीय नेपाली संघको हितमा सहभागी गराउने उद्देश्यले विदेशमा रहेका पत्रकारहरुको विश्व सम्मेलन लग्जेम्बर्कमा जुलाईको अन्तिम साता गर्ने निर्णय समेत बैठकमा गरिएको छ। सो सम्बन्धमा संघको केन्द्रीय पधादिकारीसँग छलफल गर्ने जिम्मेवारी प्रवक्ता घिमिरेलाई नै दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले गैरआवासीय नेपाली संघको अभियानलाई सहयोग पुग्ने गरि लेख, रचना, इ बुलेटिन लगायतका सामाग्री प्रकाशन गर्ने निर्णय समेत गरेको छ। ती सामाग्री प्रकाशनको लागि काठमाडौंस्थित सचिवालयमा मिडिया डेक्स स्थापना गरि न्युज लेटर प्रकाशनलाई अघि बढाउने निर्णय समेत गरिएको छ।

यस्तै अमेरिकामा हुने विज्ञ सम्मेलनको मिडिया संयोजक विजय घिमिरेलाई तोकिएको छ। विद्युतीय माध्यम (कन्फ्रेन्स कल) मार्फत भएको बैठकमा दधि सापकोटा, भुषण घिमिरे, डिल्ली ढकाल, नवराज बिक, आनन्द कोइराला, चिरन शर्मा, फडिन्द्र भट्टराई, आरसी गिरी, दिलकुमार श्रेष्ठ, आङछिरिङ्ग शेर्पा, होम लम्साल, दिल कुमार श्रेष्ठ, हेमन्त काफ्ले, विजय घिमिरे लगायतको उपस्थिति थियो।

बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त समेतको उपस्थिती रहेको थियो । यसअघि समितिको पहिलो बैठकले एनआरएनको मिडिया तथा प्रकाशन समितिमा एक संयोजक, तीन उपसंयोजक सहित १५ सदस्य चयन गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com