एक युवतीलाई जबजस्ती करणी गर्न खोज्दा प्रहरी जवान पक्राउ


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

चैत २०, काठमाडौं । होटेलमा काम गर्ने एक युवतीलाई जबजस्ती करणी गर्न खोज्दा एक प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त डिएसपी नरेन्द्र चन्दले प्रहरी जवानलाई पक्राउ गरिएको बताएका छन् । सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ वर्षीय प्रहरी जवान राईलाई चैत १ गते नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए ।

राईलाई जवरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । बालकुमार प्रभागमा कार्यरत राई नजिकै रहेको एक गेस्ट हाउसमा खाजा खान जान्थे । सोही गेस्ट हाउसमा कार्यरत युवतीलाई अर्को बुद्ध गेस्ट हाउस नाम गरेको अर्कै होटेलमा बोलाएर बलात्कार प्रयास गरेका थिए ।
आफूलाई प्रहरीले नै बलात्कार प्रयास गरेको भन्दै युवतीले उजुरी दिएपछि महानगरीय प्रहरी परिसरले राईलाई पक्राउ गरेको हो । राई अहिले प्रहरी हिरासतमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com