जिम्मेवारीबाट नपन्छिन सरकारलाई कांग्रेसको चेतावनी


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्कालाई दोष लगाई जिम्मेवारीबाट पन्छिने बाटोमा नलाग्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले हालै सार्वजनिक स्वेत पत्रमा अघिल्लो सरकारले गरेका निर्णयलाई अवमूल्यन गरि दोषारोपण गर्ने काम भएको भन्दै आरोप प्रत्यारोपको बाटो नहिड्न चेतावनी दिएका हुन्। ‘हालै सार्वजनिक स्वेतपत्रमा सरकारी ढुकुटी रित्तो अवस्थामा छ भनेर सरकारले अतिरञ्जना गरेको आरोप पनि उहाले लगाउनुभयो।

अघिल्लो सरकारले संविधानमा गरेको व्यवस्थालाई कार्यान्वयनका लागि स्वास्थ्यको क्षेत्रमा गरेको निर्णयलाई अर्थमन्त्रीले स्वेत पत्रमा फजुल खर्च भनि चित्रण गर्नुभएको  छ’, उनले आपत्ती जनाउँदै भने।

भुकम्प पीडितको व्यवस्थाका लागि गरिएको थप राहतको व्यवस्थालाई गैह्र जिम्मेवार भनी व्याख्या गरिएकोमा पनि उनले आपत्ती जनाए। उनले उत्पादन वृद्धि हुन नसक्नुको कारण नखोजी आयात मात्रै बढेको विषयलाई मात्रै प्राथमिकता देखाई अर्थतन्त्रको अवस्था उजागर नहुने भन्दै स्वेतपत्रमा उल्लेखित विषय आफैमा विवादास्पत देखिएको रिजालको दाबी थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com