केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

भारतको उत्तराखण्ड राज्यको केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।

निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीबाट केदारनाथ जाने क्रममा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कसैलाई केही नभएको जनाइएको छ।   दुर्घटनाको कारण अझै खुलेको छैन। सन् २०१३ को बाढीपहिरोले क्षतिग्रस्त केदारनाथ क्षेत्रमा निर्माणका लागि भारतीय सेनाले सघाउँदै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com