राससकर्मी पत्रकार दर्नाललाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

रिपोर्टस क्लब नेपालको २० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ सो पुरस्कार प्रदान गर्नुभयो । पत्रकार दर्नाल आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध हुनुहुन्छ ।

विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दर्नालले खासगरि सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पाल्पा जिल्ला जिल्ला रैनादेवि छहरा गाउँपालिका­५, मुझुङ्गमा २०४६ सालमा जन्मिनुभएका दर्नालले पत्रकारिता विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । दर्नाललाई यस अघि प्रेस काउन्सिलद्धारा प्रदान गरिने ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ (राष्ट्रपति विद्यादेवि भण्डारीबाट) लगायत अन्य पुरस्कार समेत प्रदान गरिएको छ ।

त्यसैगरी रिपोर्टर्स क्लब नेपालले पत्रकारहरु सुवास ढकाललाई ‘गिरिजाप्रसादकोइराला स्मृति पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठलाई ‘मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार’ डिल्ली आचार्यलाई ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

यसैगरी ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’, ‘कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार’ र ‘रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवापत्रकारिता पुरस्कार’ क्रमश पत्रकारहरु दिलिप थापा मगर, रेवती सापकोटा र नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ पत्रकार विजय राई र ‘उमा सिंह स्मृतीपत्रकारिता पुरस्कार’ पत्रकार दीपा दाहाललाई प्रदान गरिएको छ ।
त्यसैगरी ‘युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादव र पत्रकार कमनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ ।

क्लबले प्रधानमन्त्री ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई विशेष अभिनन्दन गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com