शरीरमा छर्रा बोकेकी माओवादी लडाकु राईको निःशुल्क शल्यक्रिया


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

१५ वर्षदेखि गोलीको छर्रा शरिरमा लिएर जीवन बिताइरहेकी माओवादी पूर्वलडाकु  अनुपा राईको निः शुल्क उपचार हुने भएको छ। आर्थिक अभावमा उपचारका लागि वर्षौदेखि गोलीको छर्रा शरीरमा बोकेर बाँचिरहेकी पाँचथर हिलिहाङ गाउँपालिका–७ की अनुपामाको निःशुल्को उपचार हुने भएको हो।

उनलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालले निःशुल्क उपचार गर्न लागेको अस्पातालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए। कसैले पहल नगरिदिँदा आफू गोलीको छर्रा बोकेर जीउन बाध्य भएको उनी बताउँछिन्। भन्छिन्, ‘सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोलीको छर्रा लागेर अहिलेसम्म जीवन बताइरहेको छु। १५ वर्षको लामो अवधिमा न त पार्टीले पहल गरिदियो। न त राज्यले कुनै सहयोग उपलब्ध गरायो।’

बिएण्डसीले निःशुल्क उपचार गरिदिन लागेकोमा आफू खुसी भएको उनी बताउँछिन्। अनुपाले भनिन्, ‘साथीहरूले म मरेको गलत रिपोर्ट कमाण्डर कहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरी दिए।’ गोली लागेर बेहोस् भएको छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेको उनले स्मरण गरिन्।

२०६० सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि उपचारका लागि काठमाडौंको लाइफ केयर अस्पतालसम्म पुगे पनि छर्रा निकाल्न नसकिएको उनले बताइन्। अस्पतालका डा. पंकजराज नेपालका अनुसार अनुपाको शरीरको तीन भागमा गोलीको छर्रा रहेको छ। ‘अरू छर्राभन्दा टाउकोमा रहेको छर्राले अनुपाको मस्तिस्कमा असर गर्दै आएको छ’, डा. नेपालले भने, ‘घाममा बस्दा र तातो स्थानमा छर्रा तातिएर उनलाई असर गर्दैछ।’ उनको उपचारलागि अस्पताल तयार रहेको डा. नेपाल बताउँछन्। भन्छन्, ‘जटिल शल्यक्रिया गर्नुपर्ने भएकोले यसका लागि १० घण्टा समय लाग्छ। र उहाँको उपचारका लागि चार सदस्य चिकित्सक टोली खटनेछ।

सरकार र पार्टीले सहयोग गरेन

टाँउकोमा एउटा, घाटीमा दुई वटा र देब्रे छातीमा दुई वटा गोलीको छर्रा लागेको अनुपाले सहयोगका लागि पार्टी समक्ष धेरै अनुरोध गरिन्। तर, उनो उपचारमा पार्टीले सहयोग नगरेको उनी बताउँछिन्। भन्छिन्, ‘शान्ति प्रक्रियापछि द्वन्द्वपीडितलाई सरकारले पैसा दिन्छन् रे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम भरियो, अहिलेसम्म कहीँबाट पनि क्षतिपूर्ति भएको छैन।

आफूहरूले देशमा परिवर्तन ल्याएको भए पनि आफ्नो जीवनका कहिल्यै परिवर्तन नआएको उनी बताउँछिन्। भन्छिन्, ‘हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो। फेरि पनि पार्टी सत्तामा पुगेको छ। म र म जस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ, तर पार्टीले अहिलेसम्म फर्किएर पनि हेरेन।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com