संविधान संशोधनबारे सत्तारुढबीच नै असहमति


प्रकाशित मिति : आश्विन २९, २०७३ शनिबार

संविधान संशोधनबारे कांग्रेस अनौपचारिक छलफलमा छ । कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संशोधनको मस्यौदाबारे गृहकार्य गरिरहेका छन् ।

‘केन्द्रीय समिति र संसदीय दलले माओवादी केन्द्रसँगको सातबुँदे र मधेसी मोर्चासँगको तीनबुँदे सहमति अनुमोदन गरिसकेको छ । मोर्चासँग विस्तृत छलफलपछि सबै टुंगो लाग्छ,’ गृहमन्त्री निधिले भने, ‘सीमांकन, नागरिकता, समानुपातिक समावेशिता र राष्ट्रिय सभामा सहभागिता बढाउनेबारे संशोधन गर्नुपर्ने धारणा पार्टीले बनाइसकेकाले ड्राफ्ट बनेपछि नै सबै कुराको टुंगो लाग्नेछ ।’

सरकार गृहकार्यमा छः विमलेन्द्र निधि, गृहमन्त्री

सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ । सबैसँग अनौपचारिक वार्ता र सम्पर्क भइरहेको छ । अहिले मस्यौदा तयार नभइसकेकाले कतिवटा बुँदामा संशोधन गर्ने भन्ने टुंगो लागिसकेको छैन । यस विषयमा कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चास“ग छलफल गरिरहेका छन् । मस्यौदा तयार भएपछि मात्रै सबै कुरा भन्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेशको सीमांकनको मुद्दा कसरी टुंग्याउने भन्नेबारे भने कांग्रेसभित्र साझा धारणा बनिसकेको छैन । मधेसी मोर्चाले सीमांकन हेरफेर गरेर तराईमा दुई प्रदेश बनाइनुपर्ने माग गरे पनि सभापति शेरबहादुर देउवा मौन छन् । सीमांकन हेरफेरमा सुदूरपश्चिमका जिल्लाको विषयमा विवाद भएकाले पनि उनी मौन रहेको नेताहरू बताउँछन् ।

भाषा विवाद टुंग्याउन आयोग बनिसकेको र यसमा मोर्चासमेत लचक भएको र नागरिकताबारे अन्तरिम संविधानकै व्यवस्था राखेर कानुनमार्फत सम्बोधन गर्नेमा कांग्रेस लचिलो छ । ‘मधेसी मोर्चाको मागमा हामी लचक भएर टुंग्याउनुपर्छ भन्ने पक्षमा छौँ,’ कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले भने ।

कात्तिकभित्र सहमतिको प्रयास

माओवादी केन्द्रले कात्तिकभित्र संविधान संशोधन प्रस्ताव तयार, संसद्मा दर्ता र पारित गराउन प्रमुख प्रतिपक्षी एमालेसँग सहमतिको प्रयास गर्ने भएको छ । यसका लागि केन्द्रले शीर्ष नेताहरूलाई अन्य दलसँगको छलफलमा परिचालित गराएको नयाँ पत्रिकामा खबर छ । ‘अब हामी कात्तिकभर, अझ तिहारअगाडि नै संविधान संशोधनमार्फत मधेसी, थारूलगायतका असन्तुष्ट पक्षका माग सम्बोधनको गृहकार्य गर्ने, प्रस्ताव तयार पार्ने र अन्य दललाई पनि सहमतिमा ल्याउन अधिकतम पहलकदमी लिनेछौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अन्य काम थाती राखेर भए पनि संविधान संशोधनको विषयलाई तिहारअगाडि नै ठोस निष्कर्षमा पुर्‍याउने गरी संवादमा लाग्ने निर्णय पार्टीको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com