न्युयोर्कमा अप्रिल ८ मा शत्रुगते
प्रदर्शन हुनु अगाडिदेखि नै निकै चर्चामा रहेको चलचित्र शत्रु गते न्युयोर्कमा पनि देखाइने भएको छ । न्युयोर्कको क्वीन्स अस्टोरियामा रहेको कफम्यान थिएटरमा चलचित्र देखाइन लागेको हो ।
यसअगाडि चलचित्र कृ हाउसफूलका साथ प्रदर्शन गरेको केटीबी इन्टरटेन्मेन्टले नै चलचित्र शत्रु गते देखाउन लागेको हो । आगामी अप्रिल ८ तारिख दिउसो ३ बजे देखाइने शोका लागि २५ डलर शुल्क तोकिएको छ ।
महजोडी, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।
एघार वर्षअघि महको ब्यानर महसञ्चारबाट फिल्म ‘जे भो राम्रै भो’ बनाएर एकाएक फिल्म निर्माणबाट हराएको मह जोडीले नयाँ फिल्म ‘शत्रु गते’बाट निर्माणमा पुनरागमन गरेको हो ।





