दसैँका चार दिन के गरे शीर्ष नेताले ?


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

राष्ट्रपतिद्वारा काकाबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले काका खगेन्द्र पाण्डेको हातबाट दसैँको टीका तथा जमरा ग्रहण गरिन् । विजयादशमीको दिन बिहान पौने ९ बजे काकाबाट टीका ग्रहण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली, सर्वोच्च अदालतका न्यायाधीशहरू, सांसदहरू, संवैधानिक निकायका पदाधिकारीहरू, विश्वविद्यालयका उपकुलपतिहरू, सरकारका विशिष्ट श्रेणीका अधिकारीहरू, उद्यमी–व्यवसायी, सुरक्षा अंगका प्रमुखहरू, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

टीका लगाएनन् भेटघाटमा ब्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दसैँसँग सम्बन्धित औपचारिक कार्यक्रममा सहभागी हुनेबाहेक लेखपढ तथा निवासमै भेटघाट गरे । दसैँमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिएका प्रधानमन्त्री प्रचण्डले विजयादशमीमा टीका तथा जमरा भने लगाएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीका थिएन, कार्यकर्ता भेटघाट

कांग्रेस सभापति शेरबहादुर देउवाले दसैँको समय परिवार र कार्यकर्ता भेटघाटमा बिताए । उनको यसपटक टीका थिएन । ‘निवासमा भेटघाटका लागि आउने नेता–कार्यकर्तासँग सामान्य कुराकानीमा नै उहाँले समय खर्चिनुभो,’ उनका सहयोगी भानु देउवाले भने ।

राष्ट्रपतिबाट टीका ग्रहण

एमाले अध्यक्ष केपी ओलीले फूलपाती र नवमीमा शुभकामना आदान–प्रदान कार्यक्रम गरे । दशमीको दिन राष्ट्रपतिबाट टीका थाप्न शीतलनिवास पुगे, घरमै कार्यकर्ताहरूलाई पनि टीका लगाइदिए । ‘अरू राजनीतिक संवाद र कार्यक्रम केही पनि भएन,’ सहयोगी राजेश बज्राचार्यले भने ।

नेताहरूसँग टेलिफोन संवाद

कांग्रेस नेता रामचन्द्र पौडेलले भने दसैँको समयमा केही शीर्ष नेताहरूसँग टेलिफोनमार्फत सामान्य राजनीतिक संवाद गरेका छन् । एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाललगायतसँग टेलिफोनमा समसामयिक विषयमा कुराकानी गरेको पौडेलले बताए ।

कार्यकर्ता भेटघाट र टीकाटालोमा ब्यस्त

एमाले नेता माधवकुमार नेपालले २३ असोजमा गृहजिल्ला रौतहटको गौरस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गरे । बाँकी समय निवासमा आउने नेता–कार्यकर्तासँग सामान्य कुराकानी र टीकाटालोमै व्यस्त भएको उनका सहयोगी नितेश पौडेलले जानकारी दिए ।

कार्यकर्ता भेटघाट गरेर दसैँ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यकर्तासँग भेटघाटमै समय बिताए । त्यस्तै, एमाले महासचिव ईश्वर पोखरेलले फूलपातीका दिन निर्वाचन क्षेत्रका नेता–कार्यकर्ताका लागि चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरे ।

नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com