ट्यारोट कार्डबाट भविश्य हेर्ने क्षमता ढकाल अमेरिका आउँदै


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

ट्यारोट कार्डबाट भविश्य हेर्ने कलामा चर्चित बेलायत निवासी क्षमता ढकाल सोमबार अमेरिका आउने भएकी छिन् । उनी एकसाताको लागि अमेरिकाको न्युयोर्क आउन लागेकी हुन् । उनलाई सम्पर्क गर्न चाहनेहरुले सोमबारपछि ६४६ ४२१ ४८४९ मा फोन गर्न सक्नेछन् ।

टयारोट, रेकी, वास्तु र स्टोन विषयमा दुई वर्षको डिप्लोमा गरेकी क्षमता बेलायतहुँदै विश्वभर नै चर्चित भइरहेकी छिन् । मानिसहरुको भविष्यवाणी गर्ने कार्यले विशेष गरि नेपाली समुदायमा क्षमतालाई अहिले भ्याइनभ्याइ छ । उनी टयारोट कार्डबाट भविष्य पहिल्याउने आफू नेपाल र बेलायतमै पहिलो नेपाली महिला भएको दावी गर्छिन् ।

टयारोट कार्डबाट भविष्य हेर्ने कार्य ज्योतिषशास्त्र जस्तो नभएको उनको भनाई छ । ज्योतिष विज्ञान भन्दा आधुनिक विज्ञानसंग सम्बन्धित टयारोट कार्डबाट भविष्य हेर्ने शिलशिला १४ औं शताब्दीमा इटालीबाट शुरु भएको हो । टयारोट कार्ड ७८ वटा रंगी बिरंगी तास जस्तै कार्ड हुन्छ । एउटा कार्डले ४ ५ वटासम्म अर्थ लाग्छ ।

कार्डमै ऐना हेरे जस्तो मानिसको भविष्य देख्छिन् क्षमता । उनी आफूलाई माता भन्न चाहिं पटक्कै रुचाउंदिनन् । टयारोट कार्डबाट लभ म्याटर, बिजनेश, फेमिली इस्यू आदिबारे भविष्यवाणी गर्छिन् क्षमता । शुभ अशुभ पत्ता लगाउने, बिजनेश बढाउने, चिन्ता, स्ट्रेस हटाएर खुशी तुल्याउन टिप्स दिने, मानिसका बलियो पक्ष तथा कमजोरी औंल्याउने र भ्रम वा दिग्दारी भए टयारोटबाट क्लिएर गरिदिने उनले सुनाइन् । आफूले बताएको भविष्य करिब ९० प्रतिशत मिल्ने दावी क्षमताको छ । काम चुनौतिपूर्ण भएपनि अहिलेसम्म यो पेशाबाट तीतो अनुभव भोग्नु नपरेको उनले बताइन् । भविष्य हेरेर फर्किएका ग्राहकले खुशी भएर फोनबाट धन्यवाद दिन्छन् र अरुलाई पनि सिफारिस गर्ने गरेका छन् ।

वास्तुशास्त्र उनको अर्को दक्षता हो । प्राय सप्ताहन्तमा मा वास्तुको काममा व्यस्त हुने गरेको उनको भनाई छ । वास्तु अन्तर्गत घरको डेकोरेसन देखि घर किन्न साइत जुराउने, घरमा कस्तो रंग लगाउने, ट्वाइलेट कता बनाउने, मुल ढोका कता बनाए राम्रो, बेडरुम कतातिर राख्ने, फेमिलीको फोटो कहां राख्दा आपसमा सम्वन्ध राम्रो हुन्छ जस्ता कुरा उनी बताउंछिन् । घरमा कसैलाई पढेर आउंदैन भने कता फर्किएर पढ्ने , घर खर्च कसरी कम गराउने उनी भन्छिन् । फेमिलीलाई खुशी र धनी बनाउने तरिका, किचन कता बनाउने, सामान कता कता राख्ने जस्ता काम उनले हेर्छिन् ।

टयारोट कार्डबाट मानिसका कमजोरी पत्ता लागेपछि उनी 
स्टोन लगाउन, घरमा राख्न वा बोकेर हिंड्न सिफारिस गर्छिन् । उनीसंग विभिन्न १०८ स्टोन साथमा छन् । बिजनेश बढाउन व्यापारीहरुले लगाउने पत्थर, पढ्न तेज हुने पत्थर, श्रीमान श्रीमतिबीचको सम्बन्ध गाढा बनाउन राखिने स्टोन उनीसंग छ । निन्द्रा नलाग्नेलाई निन्द्रा लगाउने, टाउको दुःखेको निको पार्ने, नकारात्मक सोचाइलाई हटाएर पोजिटिभ भाइब्स जगाउने आदिका पत्थर आफूसंग भएको क्षमताले बताइन् । रेकी पनि गर्छिन् क्षमता । रेकीको दश वटा सेसन चलाउंछिन् उनी । जापनिज टेक्निक रेकीले डिप्रेसन, तनाव न्यूनीकरण र शरीरको पीडा कम हुने उनको विश्वास छ । रेकी आध्यात्मिक उपचार हो, यो कुनै धर्म होइन, क्षमता भन्छिन् । अहिले त रेकीबाट नै क्यान्सर निको भएका उदाहरण समेत छन् । रेकी लाइफ फोर्स इनर्जीहो जसले व्यक्तिको दिमाग, भावना र उर्जालाई सन्तुलन गरि आत्मसुधारमा मद्दत गर्छ ।

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री क्षमताको घर नेपालमा जावलाखेल हो । बेला बेला नेपाल गइरहने उनले नेपाली चलचित्र क्षेत्रका हस्तीहरुको समेत टयारोटबाट भविष्य हेर्ने गरेको बताइन् ।विदेशमा रहेका नेपालीलाई मध्यनजर गर्दै अनलाइन सर्भिस पनि दिने गरेकी छन् उनले । भविष्यमा टयारोटबारे तालिम दिने आफ्नो सोच रहेको उनले बताइन् । उनी लन्डन साउथ हयारोस्थित बोभिस हाउसमा बस्छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com