आत्महत्या विरुद्ध एक सुन्दरीको पहल


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

दक्षिण अमेरिकाको गुयना विश्वको सबैभन्दा धेरै महिला आत्महत्या दर भएको देश हो । त्यहाँकी एक राष्ट्रिय स्तरकी पूर्व सुन्दरीले महिला आत्महत्या दर कम गर्ने आफ्नो उद्देश्य बनाइन् । लिसा पन्च आफ्नो देश गुयनाकी लोकप्रिय सुन्दरी हुन् । उनी गायिका र पूर्व मिस गुयना पनि हुन् ।

‘म यहाँसम्म आइपुगेकोमा एकदमै गौरवान्वित छु’ उनले भनिन्, ‘म धेरै खुशी, उत्साहित र घुमफिर गर्न मन पराउने बालिका थिएँ । जब म १४ वर्षको भएपछि मेरो मानसिक अवस्था परिवर्तन हुन थाल्यो’ उनले भनिन् ।

लिसा किशोर अवस्थाका वर्षहरुमा डिप्रेसनबाट पीडित भइन् । ‘तिमीलाई कसैले पनि बुझ्दैन भन्ने विचार आउँथ्यो । यहाँबाट जाने ठाँउ कतै छैन जस्तो लाग्थ्यो’ उनले भनिन्, ‘यो सब १४ वर्षको उमेरमा भएको थियो । साँच्चै भन्नु पर्दा मैले आफ्नो जीवन सिध्याउने प्रयास गरेको थिएँ ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

गुयनामा विश्वमै सबैभन्दा धेरै महिला आत्महत्या दर हुनुमा कारणहरु धेरै छन् । गरिबी, मदिरा सेवन र मानसिक स्वास्थ्यको बारेमा जनचेतनाको कमी कारणहरु हुन् । ‘म चाहन्थें कसैले मलाई भनोस् यस्तो सोच आउनु सामान्य हो र त्यो सोच अनुसार प्रतिक्रिया गर्नु चाँहिं सामान्य होइन’ लिसाले भनिन्, – त्यसैले म चाहन्थें कोही मसँग कुरा गरोस् ।

लिसाले एक परोपकार संस्था स्थापना गरिन् जो आत्महत्याको बारेमा कुरा गर्न विद्यालयहरुमा जान्छ । ‘यदि तपाईंको कोही साथी आफूले आफैलाई चोट पु¥याउने विषयमा सोच्दैछ भने यस बारेमा तपाईं केही गर्न सक्नुहुन्छ । तपाईं आफ्नो साथीसँग कुरा गर्न सक्नुहुन्छ किनभने कुराकानीले उसलाई लाग्छ तपाईं उसको ख्याल राख्नुहुन्छ । अनि उनीहरु आफ्ना कुरा तपाईंलाई खुलेर भन्न सक्छन्’ उनले भनिन्।

एक छात्रा भन्छिन्, ‘घरमा धेरै समस्याहरु छन्, म आफूलाई नियन्त्रण गर्न सक्दिन । जब म रुन थाल्छु सबै कुराहरुको बोझ मेरो दिमागमा दाैिडन थाल्छ ।’

अर्की छात्रा भन्छिन्, ‘जब म सानो थिएँ मैले आफ्नो बाबुआमासँग कत्ति पनि समय बिताउन पाइन उनीहरु कहिल्यैपनि मसंँग भएनन् ।’
‘मलाई लाग्छ जब कुनै सार्वजनिक व्यक्तित्व आगाडि आउन सक्छ र भन्छ –म पनि यही अवस्थाबाट संघर्ष गरिरहेको छु, । यो एकदमै राम्रो कदम हो । तपार्इं फरक तरिकाले यस समस्यालाई नियन्त्रण गर्न सक्नुहुन्छ किनभने हामी सबै फरक–फरक छौं’ लिसाले भनिन् ।
‘हामी सबैले प्रयास गरौं । सबैजना यो समस्याबाट मुक्त हुन सकून् । म सोच्छु बालबालिकाहरुले हेरिरहेका छन् र उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ’ उनले भनिन् ।

लिसा आशा गर्छिन् उनको यो पहलले गुयनाका मानिसहरुलाई खुलेर अगाडि आउन सहयोग गर्नेछ र आत्महत्याको दर कम हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com