अब २५ हजारको बैंक खाता, छोरीको नाममा खोलिदिने


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

फागुन २५ मलंगवा , सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५ वटा बिरुवा रोप्ने अभिभावकका छोरीको मात्र जन्मदर्ता गर्ने निर्णय गरेको छ। १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले “शिक्षित छोरी बालिग बुहारी, स्वच्छ र सम्मुनत गाउँपालिका” बनाउने अभियान अन्तर्गत जन्मदर्ता गराउन आउनु भन्दा पहिला छोरीको नाममा ५ वटा बिरुवा अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको निर्णय गरेको छ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँपालिकालाई स्वच्छ र हराभरा बनाउनका लागि जन्मदर्ता छोरीको जन्मदर्ता गर्न आउनु भन्दा पहिला ५ वटा बिरुवा रोपेर आउन आग्रह गरेका छन् ।“गाउँपालिका उजाड बन्दै छ , बिस्तारै बिस्तारै सबै रुख विरुवा सखाप भए”, अध्यक्ष महतोले भने, “गाउँपालिकालाई सुन्दर र स्वच्छ बनाउन सबैले पहल गर्नुपर्ने छ। हाम्रो सानो आग्रहले गाउँ पहिला कै अवस्थामा आउन सक्छ ।”

अध्यक्ष महतोका अनुसार गाउँपालिकाले २० हजार र अभिवावकले पाँच हजार गरी बालिकाको नाममा २५ हजारको बैक खाता खोलिदिने निर्णय समेत गरेको छ। बालिका शिक्षित र २० वर्षको उमेर पुगी विवाह गरेमा मात्र बैंकबाट उक्त रकम निकाल्न पाउने नियम बनाएको छ। । “आजकी छोरी भोलिकी बुहारी र आमा हुन्”, अध्यक्ष महतोले भने, “ आमा शिक्षित भएमात्र परिवार र समाज शिक्षित हुन सक्छ ।” उनले बृक्षारोपन अभियानले गाउँको वातावरण स्वच्छ र गाउँ सुन्दर हुनेमा महतोले जोड दिए।

 

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com