अब २५ हजारको बैंक खाता, छोरीको नाममा खोलिदिने


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

फागुन २५ मलंगवा , सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५ वटा बिरुवा रोप्ने अभिभावकका छोरीको मात्र जन्मदर्ता गर्ने निर्णय गरेको छ। १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले “शिक्षित छोरी बालिग बुहारी, स्वच्छ र सम्मुनत गाउँपालिका” बनाउने अभियान अन्तर्गत जन्मदर्ता गराउन आउनु भन्दा पहिला छोरीको नाममा ५ वटा बिरुवा अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको निर्णय गरेको छ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँपालिकालाई स्वच्छ र हराभरा बनाउनका लागि जन्मदर्ता छोरीको जन्मदर्ता गर्न आउनु भन्दा पहिला ५ वटा बिरुवा रोपेर आउन आग्रह गरेका छन् ।“गाउँपालिका उजाड बन्दै छ , बिस्तारै बिस्तारै सबै रुख विरुवा सखाप भए”, अध्यक्ष महतोले भने, “गाउँपालिकालाई सुन्दर र स्वच्छ बनाउन सबैले पहल गर्नुपर्ने छ। हाम्रो सानो आग्रहले गाउँ पहिला कै अवस्थामा आउन सक्छ ।”

अध्यक्ष महतोका अनुसार गाउँपालिकाले २० हजार र अभिवावकले पाँच हजार गरी बालिकाको नाममा २५ हजारको बैक खाता खोलिदिने निर्णय समेत गरेको छ। बालिका शिक्षित र २० वर्षको उमेर पुगी विवाह गरेमा मात्र बैंकबाट उक्त रकम निकाल्न पाउने नियम बनाएको छ। । “आजकी छोरी भोलिकी बुहारी र आमा हुन्”, अध्यक्ष महतोले भने, “ आमा शिक्षित भएमात्र परिवार र समाज शिक्षित हुन सक्छ ।” उनले बृक्षारोपन अभियानले गाउँको वातावरण स्वच्छ र गाउँ सुन्दर हुनेमा महतोले जोड दिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com