भारतको रुद्रप्रयागमा नेपालीको मृत्यु


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

यहाँको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो ।

विक दुई महिना अघि मात्र कामको खोजीमा भारत गएका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरीका साथै ६५ वर्ष नाघेका बाबा, आमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com