मलाई कि सभामुख, कि शक्तिशाली मन्त्रालय


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

पूर्व सभामुख तथा माओवादी केन्द्रको नेतृ ओनसरी घर्तीमगर मन्त्री वा सभामुख पदमै निरन्तरता पाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिइरहेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६६ औँ जन्मदिनमा उनलाई शुभकामना दिने बहाना उनी आफ्ना पति तथा माओवादी नेता वर्षमान पुनसँगै बालुवाटार पुगेकी छन्, शुक्रबार बिहान।

उता वर्षमानले गृहमन्त्री बन्न प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन्।

ओनसरी पति वर्षमानले गृहमन्त्री पाए आफू सभामुख बन्ने र उनी गृहमन्त्री नबने आफूलाई शक्तिशाली मन्त्रालय दिनुपर्ने भन्दै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालसँग भनसुन गरिरहेकी छन्।

नेकपा एमाले र माओवादी केन्द्रको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय पाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com