प्रधानमन्त्री ओलीलाई पार्टीबाट मन्त्री छान्ने जिम्मा


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 

फागुन ११, काठमाडौं । एमाले स्थायी समिति बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन अध्यक्ष केपी ओलीलाई जिम्मा दिएको छ  ।  शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका ओलीलाई दिएको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।  प्रवक्ता भट्टराईका अनुसार बैठकमा नेताहरुले पार्टीबाट मन्त्री छान्दा भूगोल, योग्यता र क्षमता हेरेर छनोट गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै एमालेले गत फागुन ७ गते एमाले माओवादीबीच भएको पार्टी एकताको सात बुँदे आधारपत्र अनुमोदन गरेको छ ।  बैठकले संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउन छलफल गर्ने निर्णय गरेको छ ।

एमाले सचिव समेत रहेका भट्टराईले पार्टी एकता अन्तिम चरणमा पुगेकाले एमालेका सवै कमिटीका सम्मेलन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको छ ।  पार्टी सदस्यता, नवीकरण र प्रशिक्षणजस्ता कार्यक्रम भने नरोक्ने एमालेले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com