कर्मचारी जानै मान्दैनन्, यो भन्सार कार्यालयमा


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 


फागुन ११, दाङ । निजामती सेवाका कर्मचारीहरुको आकर्षणको केन्द्र मध्यको एक हो भन्सार कार्यालय, जहाँ सरुवा हुन कर्मचारी लालायित हुन्छन् । आफूलाई भन्सार कार्यालयमा सरुवा गर्नका लागि कर्मचारी नेताका घरदैलो समेत चहार्ने गर्छन् । तर दाङमा एउटा यस्तो भन्सार कार्यालय छ, जहाँ कर्मचारी जानै मान्दैनन् ।

दाङको कोइलाबासमा रहेको भन्सार कार्यालयमा कर्मचारी जानै नमानेपछि चार महिनादेखि एक जना स्थानीय युवालाई करारमा राखेर भन्सार कार्यालय चलाइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग बनेपछि विस्तारै ओझेलमा पर्दै गएको यो नाका अहिले सुनसान छ, यसैको मारमा परेको हो, भन्सार कार्यालय पनि ।

१० वर्षको तथ्यांक हेर्ने हो भने यो भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६६÷६७ मा सबैभन्दा बढी ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७२र०७३ मा २ लाख ८० हजार रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालयको तथ्यांकले देखाउछ । काम नै नहुने भएपछि यहाँका लेखापाललाई लमहीमा रहेका अन्य कार्यालयको पनि जिम्मेवारी दिइएको छ । कुनै दिन त भन्सार शुल्क शून्य हुने गरेको कार्यालय कुरेर बसेका कार्यालय सहयोगी विनोद थापा बताउन हुन्छ ।
यो आर्थिक वर्षको ८ महिनामा १ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अवधिमा कार्यालयलाई ६ लाख ५९ हजार रुपैयाँ भन्सार शुल्क उठाउने लक्ष्य तोकिएको छ । त्यसो त यहाँ उठेको राजश्व बैंकमा दाखिला गर्न पनि जिल्ला सदरमुकाम नै जानुपर्छ । भन्सार कार्यालय भएको स्थानमा कुनै पनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छैनन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com