खोटाङमा महिला शंकास्पद अवस्थामा मृत फेला


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

 

फागुन १०, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका – ६ ज्यामिरेकी सुजता राई आफ्नै
घरमा मृत फेला परेकी छिन् । घरमा एक्लै भएको अवस्थामा सुजता बुधबार दिउँसो मृत फेला परेकी हुन् ।

उनका श्रीमान् दिपबहादुर छोरीको उपचारका लागि काठमाडौं गएको र छोरा पनि आफन्तको घरमा गएको बेलामा सुजता घरमा मृत भेटिएकी प्रहरीले जनाएको छ । आफन्तको गएर फर्किएका छोराले सुजतालाई कोठामा मृत अवस्थामा फेला पारेको स्थानीय उर्मिला लम्सालले बताइन् ।

घाँटीमा पुरुषको ज्याकेटको पासो भेटिनु, घाँटी तथा पिठ्यूँमा निल डाम देखिएको र सर्लक्क सुतेको अवस्थामा शव भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ । ढोका लगाइएको कोठाभित्र घाँटीमा पुरुषको ज्याकेटले बाँधेको अवस्थामा उनको शव फेला परेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले शवको पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com