दिल्ली लैजादै गरेका तीन महिलाको उद्धार, एक भारतीय नागरिक पक्राउ


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट भारतको दिल्लीतर्फ जादै गरेका तीन महिलाको उद्धार गरेको छ । ती महिलाहरुलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

इलाम जिल्ला फिक्कल नगरपालिका ५ निवासी ३५ बर्षीय कमला राई, सोही ठाँउ निवासी १८ बर्षीय निछा राई र झापा मेचीनगर नगरपालिका साविक बाहुण्डाँगी ६ निवासी ३२ बर्षीय सृजना राईलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरि वरुवालले जानकारी दिए ।

उनीहरुलाई भारत लैजाने भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत निवासी २५ बर्षीय मख्तार आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक वरुवालले बताए । सशस्त्र प्रहरीले उनीहरुको साथबाट दुई थान नागरिकता बरामद गरेको छ ।

झापा गाँउपालिका १ स्थित लसुना नाकाबाट भारततर्फ गइरहेका उनीहरुलाई शंका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले अनुसंन्धान गर्दा उनीहरु रोजगारीको शिलशिलामा भारतको दिल्ली तर्फ गइरहेको खुल्नमा आएको वरुवालले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘तीन दिनअघि इलामबाट दूई महिला झापा आएको हो, उनले भने– ‘झापा आएर बाहुण्डाँगी बसेका थिए ।’ यता सशस्त्र प्रहरीले उद्धार गरिएको तीन महिला र पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसंन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com