हङकङमा नयाँ शक्ति


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

नयाँ शक्ति पार्टी, नेपालको अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा  गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा श्याम इङ्गनाम, मनोज गौतम, सम्सेर तुम्हाम्फे, नन्द चाङ्गसु, दया थापा, ओम प्रसाद गुरुङ, उर्मिला घले, प्रतापचन्द्र तमाङ, विनोद लामा, विश्वनाथ घिसिङ, अन्जु गुरुङ, कुमारी गुरुङ, कुल प्रसाद लिम्वु, नेत्र तिमिल्सिना र सवु लिम्वु रहेका छन । प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारीले दिएको जानाकारी अनुसार नवगठित कार्र्यसमितिमा ५ जनापछि थपिने छ ।

अन्तराष्ट्रिय नेपाली समाज हङकङले हङकङमा रहेका नेपालीहरु बिच नयाँ शक्ति किन र के का लागि भन्दै यहीँ अक्टुवर २९ तारिखमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई रहेको प्रवास प्रादेशिक परिषद्का सहसंयोजक भण्डारीले जानकारी दिनुभयो । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com