दशैंको अवशरमा रक्तदान, निर्धन उत्थान बैंक रामकोट शाखाको प्रायोजन


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

निर्धन उत्थान बैंक रामकोट शाखा काठमाडौंको प्रायोजनमा दशैंको अवशरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रामकोट गाविस भवन अगाडि आयोजित रक्तदान कार्यक्रम रामकोट महादेवस्थान टोल सुधार समिति र रेडक्रस सोसाइटी सितापाइला उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

raktadan

रक्तदानमा ५० जना भन्दा बढी सहभागी भएका थिए । रक्तदान कार्यक्रमका प्रायोजक निर्धन उत्थान बैंक रामकोट शाखासहित वडा कार्यालय ७, ८ र ९ रामकोट, बाल गणपति अल्मुनियम, पञ्चकन्या ट्रेड लिंक, ग्रिन टोबाको कम्पनी, बी एण्ड एस मोटरसाइकल वर्कसप सुकेधारा र जे जियांग दवांग रेष्टुरेण्ट स्वयम्भु लगायत थिए ।

raktadan-2

दशैंको अवशरमा रक्तदान जस्तो पवित्र कार्यमा प्रायोजन गर्न पाउँदा आफूलाई खुशी लागेको निर्धन उत्थान बैंक रामकोट शाखाका प्रबन्धक कल्पना खनालले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com