राष्ट्रपति र पूर्वराजाको दसैं शुभकामनाको फरक मर्म


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताएकी छन्। उता पूर्वराजा ज्ञानेन्द्रले भने विगत १० वर्षमा मुलुकका भोगाइको समीक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

विजयादशमीका अवसरमा जारी वक्तव्यमा वर्तमान तथा पूर्वराष्ट्राध्यक्षले साझा समृद्धि तथा शान्तिको कामना गरे पनि विद्यमान परिस्थितिबारे परस्पर विरोधी आकलन गरेका छन् ।

पूर्वराजा शाहले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् ।

‘नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो । हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं,’ विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले भनेका छन्, ‘राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूलमन्त्र हो । नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि हामी सबै एक हौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुभकामना सन्देशमार्फत पूर्वराजाले वर्तमान परिवेशप्रति आफ्नो निराशा अभिव्यक्त गर्दै मुलुकको समग्र परिस्थितिको समीक्षा पनि गरेका छन् । नेपालीको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि रहेको उल्लेख गर्दै पूर्वराजाले रोजगारी र सुरक्षित जीवन नागरिकको नैसर्गिक अधिकार रहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्‌भाव, जातजाति र समुदायसमुदायबीच आपसी भ्रातृत्व कायम गर्न बडादसैं सफल रहोस् भन्ने कामना गरेकी अन्नपूर्णमा खबर छ।

उनले बडादसैंका अवसरमा शुभकामना वक्तव्य दिँदै भनेकी छन्, ‘ अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रूपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।’

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा कायम रहने विश्वास उनले व्यक्त गरेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com