दसैँको मुखमा आफन्त छोड्नु पर्दाको पीडा


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

‘नजिकिएको दसैँ नमनाइकन विदेशिन कसलाई मन लाग्छ र ! बाध्य भएर हिँडेको’ यो भनिरहँदा नवलपरासीका नवराज पाण्डेको आँखा रसाइरहेका थिए र अनुहार निकै मलिन देखिन्थ्यो । रोजगारीका लागि कतार जान लागेका पाण्डेले भने – ‘छ महिना पहिले विदेश जानका लागि तयारी गरेको हुँ आज भोलिभन्दा भन्दै दसैँमा आएर मात्रै भिसा र टिकट भयो, के गर्ने नजाऊँ भन्ने पनि भएन, घर बनाउँदा र विवाह गर्दा लागेको ऋण कसरी तिर्ने ?’

उनी मात्रै होइन, घरपरिवारसँग दशैं मनाएर रमाउने बेलामा पसिना बगाउन साउदी अरब जानुपर्दा म्याग्दीका कैलाश विकलाई कम्ती पीडा भएको छैन तर के गर्नु विकल्प केही भेटिएन । ‘चाडवाडको मुखमा जन्मथलो र आफन्त छाडेर परदेश जान मन त कहाँ थियो र आमा बिरामी हुँदा लागेको ऋण तिर्न जान लागेको हो, अध्यारो अनुहार पारेर उनले भने , ‘अब यता केही गरे पनि जागिर भेटिँदैन, चार/पाँच वर्ष उता पसिना बगायो भने त ऋण तिर्न सकिएला र केही बचाउन सकियो भने व्यापार व्यवसाय गरौँला भन्ने आश हो ।’

बुढा बुवाआमाको काख र छोराछोरी र श्रीमतीको माया छोडेर हिँड्नुभएका उनले भने, ‘परिवार झनै रुन्छन्, त्यसैले आँसु लुकाएर दसैँको मुखमा विदेश जानुपरेको छ ।’ यसरी दसैँको मुखमा आफन्तलाई रूपाउँदै अमिलो मन बनाएर विदेशिने नेपालीको सङ्ख्या दैनिक एक हजारको हारहारिमा छन् । यस्तै श्रमस्वीकृत लिनेको सङ्ख्या भने दैनिक एक हजार २०० रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अन्य समयमा यो सङ्ख्या दैनिक एक हजार २०० देखि एक जार ५०० ले श्रमस्वीकृत लिने गरेको विभागले जनाएको छ ।

विभागको यो तथ्याङ्कले चाडबाडमा पनि धेरै नेपाली मनमा पीडा बोकेर विदेशिनेको कुरालाई थप पुष्टि गरेको छ । मान्यजनको आशीर्वाद थाप्ने बेलामा परदेशमा कामको भारीले थिच्ने भएपछि विमानस्थलबाट बाहिरिने र उनीहरूका आफन्तहरूको खुसी हराएका छन् । त्यो मात्रै होइन, धेरैजना घरका मुली नै विदेश हिँडेपछि घर नै शून्य भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परदेशबाट चाडबाड मान्न फर्केका नेपालीका कारण विमानस्थलमा दसैँको रौनक झनै बढेको गोरखापत्रमा खबर छ । तर दसैँको मुखैमा आफन्तसँग विछोडिएर परदेश जानेहरूको लर्कोले विमानस्थलको अर्को कुनामा खुसी हराएको देख्दा खल्लो महशुस हुन्छ ।

दसैँमा विदेश जानेको पीडा त छँदैछ, दसैँको मुखमा पैसा र आफन्तको लासको बाकसमाथि झम्टेर रोइरहेकाहरूको चित्कार र पीडा अझै दर्दनाक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com