लोकमानको घरमा सूचना टाँस्न गएका तामेल्दारै ‘बेपत्ता’
प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्ने सर्वोच्च अदालतको प्रयास दोस्रो दिन पनि असफल भएको छ । सर्वोच्चबाट खटिएका तामेल्दार शम्भु खत्री बिहीबार दिनभर कार्यालयबाट सम्पर्कविहीन भएपछि म्याद नटाँसिएको हो ।
बारम्बार म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासन कार्कीको घरमै सूचना टाँस्ने निष्कर्षमा पुगेको थियो । बुधबार कार्कीको निवास रहेको वडा नम्बर १० की सचिव सरिता राई कार्यालयमा नरहेकाले म्याद टाँस्ने काम रोकिएको थियो ।
अदालत स्रोतका अनुसार वडा सचिव भेटिए सचिवकै रोहबरमा र नभेटिए स्थानीयको रोहबरमा भएपनि सूचना टाँस्ने निष्कर्षमा सर्वोच्च अदालत पुगेको थियो । तर, तामेलीको सक्कलप्रति बोकेर हिँडेका खत्री बिहीबार दिनभर सम्पर्कबाहीर रहे ।
घरबाट कार्यालयका लागि निस्केका खत्रीले आफूले सूचना टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालयमा टाँस्न सकिन्छ कि भनेर त्यता लागेको बताएका कान्तिपुरमा खबर छ ।