रहिनन् मानवअधिकारकर्मी आस्मा जाहनगीर


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

पाकिस्तानकी चर्चित मानवअधिकारकर्मी आस्मा जाहनगीरको निधन भएको छ। ६६ वर्षीय आस्मालाई मुटुको समस्या रहेको थियो।

मानवअधिकारवादी आन्दोलनका क्रममा उनी पटकपटक जेल पनि परेकी थिइन्। यसअघि उनको हत्या गर्न विभिन्न प्रयासहरू भएका थिए।

जाहनगीर सन् २००५ मा नोबेल पुरस्कारको  सिफारिसमा पनि परेकी थिइन्। उनको निधनमा  मानवअधिकारकर्मी, पत्रकार तथा नेताहरूले गहिरो शोक व्यक्त गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com