एमाले स्थायी समितिको बैठक स्थगित
प्रकाशित मिति : माघ २७, २०७४ शनिबार
माघ २७, काठमाडौँ । आज बस्ने भनिएको एमाले स्थायी समितिको बैठक भोलि बिहानका लागि सरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक आइतबार बिहान साढे ११. बजेमात्र बस्ने जानकारी दिए।
‘नेताहरुको कार्यव्यस्तताका कारण आज बैठक बस्न नसक्ने भयो, आजलाई स्थगित गरेर भोलिका लागि बोलाइएको छ’, अधिकारीले भने।
बैठक आइतबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।