‘राष्ट्रिय महत्त्वका आयोजना कम्पनी मोडलमा’


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

ऊर्जामन्त्री जनार्दन शर्माले कम्पनीमार्फत निर्माण भएका जलविद्युत् आयोजना सस्तो र छिटो निर्माण हुने गरेकाले आउँदा दिनमा राष्ट्रिय महìव बोेकेका जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा निर्माण गरिने बताएका छन् ।

नेपालको जलविद्युत् विकासमा चिलिमे र माथिल्लो तामाकोसी आयोजना सफल रहेकोले सरकारले सबैको लगानी हुने गरी अरू आयोजनाको पनि कम्पनी प्रारूपमा आयोजना निर्माण गरिने उनले बताएका हुन् ।

मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयोजनाको अवस्था हेरी सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा काम अगाडि बढाइने जानकारी दिए । उनले हाल नेपाल विद्युत् प्राधिकरणबाट भइरहेका काम त्यति सन्तोषजनक नरहेको बताए ।

उनले बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनालाई पनि कम्पनी प्रारूपमा निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । मन्त्री शर्माले ३३५ मेगावाटको माथिल्लो अरुण, ३०० मेगावाटको उत्तरगङ्गा, ६४० मेगावाटको दूधकोसी, ८७ मेगावाटको तामाकोसी ५ आयोजनालगायत दुई हजार पाँच सय मेगावाट क्षमताका आयोजना कम्पनी प्रारूपमा निर्माण हुने जानकारी दिँदै उनले निर्माण हुने आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका विभिन्न वित्तीय संस्था र नेपाली सेनाका अतिरिक्त अन्य संस्थागत क्षेत्रको लगानी जलविद्युत्मा परिचालन गर्ने योजनामा सरकारले तयारी गरिरहेको जानकारी दिए ।

जलविद्युत् विकासमा सबैको लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले जनताको हात हातमा शेयर बाँडिने उनले बताए । विद्युत् नियमन आयोग र ऊर्जा सङ्कट विधयेक मस्यौदा सहमतिका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिएका गोरखापत्रमा खबर छ । उनले १०० मेगावाट क्षमतासम्मका आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र लाइसेन्स वितरणको अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिने व्यवस्था पनि गर्ने तयारी सरकारले गरिरहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com